काठमाडौं, १८ मंसिर । आज बिहीबार सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँँदी व्यवसायी महासंघका अनुसार आज छापावला सुनको भाउ ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
हिजो बुधबार ९१ हजार रुपैयाँमा कारोबार भएको भएको थियो । यस्तै तेजाबी सुनको बिहीबारको कारोबार मूल्य ९२ हजार १५० रुपैयाँ पुगेको छ ।

बुधबार तेजाबी सुन प्रतितोला ९० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ ।




