advertisement

यसअघि नै प्रधानमन्त्री ओलीले बैठकको औचित्य नभएको भन्दै सहभागी नुहने बताएका थिए । तर, बहुमत सदस्य ओलीको सहभागिताबिनै पनि बैठक बसेर निर्णय गर्ने अडानमा पुगेपछि ओली बैठकमा सहभागी बताइएपनि सहभागी भएनन् ।

मंगलबारको बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्तावमा छलफल सुरु भएको थियो । आजको सचिवालय बैठकमा ओली र प्रचण्डको छुट्टाछुट्टै प्रस्तावमाथि छलफल हुने बताइए थियाे तर उक्त विषयमा प्रवेश नगरिनै बैठक स्थगित भएकाे छ ।

कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै प्रस्ताव ल्याएका थिए भने ओलीले पनि त्यसको जवाफमा मंसिर १३ गते प्रतिवेदन ल्याएका थिए ।

" /> नेकपा सचिवालय बैठक फेरि सर्यो - Sarbocha Media

नेकपा सचिवालय बैठक फेरि सर्यो

`

     २०७७ मंसिर १७ गते ९:१५

काठमाडौं, १७ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक फेरि सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सचिवालय बैठक मंसिर २० गते दिउँसाे १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

आज बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बसेपनि आधा घण्टामै सकिएकाे छ । आजकाे बैठकमा  पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली भने सहभागी भएका थिएनन् ।

advertisement

यसअघि नै प्रधानमन्त्री ओलीले बैठकको औचित्य नभएको भन्दै सहभागी नुहने बताएका थिए । तर, बहुमत सदस्य ओलीको सहभागिताबिनै पनि बैठक बसेर निर्णय गर्ने अडानमा पुगेपछि ओली बैठकमा सहभागी बताइएपनि सहभागी भएनन् ।

मंगलबारको बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्तावमा छलफल सुरु भएको थियो । आजको सचिवालय बैठकमा ओली र प्रचण्डको छुट्टाछुट्टै प्रस्तावमाथि छलफल हुने बताइए थियाे तर उक्त विषयमा प्रवेश नगरिनै बैठक स्थगित भएकाे छ ।

कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै प्रस्ताव ल्याएका थिए भने ओलीले पनि त्यसको जवाफमा मंसिर १३ गते प्रतिवेदन ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?