advertisement

‘स्वतन्त्र मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्टस रेगुलेटरी एजेन्सी (एमएचआरए) को सिफारिसमा सरकारले फाइजर–बायोएनटेकको कोभिड–१९ को खोपलाई प्रयोगका लागि अनुमित दिएको छ,’ सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बेलयातभर अर्को हप्तादेखि खोप उपलब्ध गराइने विज्ञप्तिमा जानकारी दिइएको छ । स्वास्थ्य सचिव म्याट ह्यानककले अर्को हप्ताको शुरुदेखि खोपको कार्यक्रम शुरु गरिने जनएको छ।

बेलयातको खोप कमिटीले कुन प्राथमिकता समूहले पहिलो खोप पाउनेछन् भनेर निर्णय गर्नेछ । यसमा केयर होमका वासिन्दा, स्वास्थ्यकर्मी र बृद्धि र रोगका कारण जोखिम समूहमा रहेका छन् ।

फाइजर–बायोएनटेक र अमेरिकी कम्पनी मोडेर्नाले खोपको प्रारम्भिक अध्ययनमा यो ९० प्रतिशतभन्दा बढी प्रभावकारी भएको पाइएको दाबी गरेको छ । यो सामान्य खोपको प्रभावकारिता दरभन्दा निकै बढी हो । दुवै खोप आरएनए (एमआरएनए) प्रविधिमा आधारित छन् ।

बेलायतमा कोभिड प्रतिरोधी खोप वितरणको जिम्मा व्यापार मन्त्री नाधिम जहावीलाई दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले जहावीलाई कम्तीमा आउँदो ग्रीष्मयामसम्म खोप वितरणको रेखदेख गर्न नियुक्त गरेको जनाइएको छ ।

" /> बेलायतमा फाइजरको कोरोना खोप प्रयोग गर्न अनुमति - Sarbocha Media

बेलायतमा फाइजरको कोरोना खोप प्रयोग गर्न अनुमति

`

     २०७७ मंसिर १७ गते ८:४६

एजेन्सी, १७ मंसिर । बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोरोनाविरुद्धको खोपको आपत्कालीन प्रयोग अनुमति दिएको छ । बेलायतमा अर्को हप्तादेखि खोप दिन सुरु गरिने बताइएको छ ।

 

advertisement

‘स्वतन्त्र मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्टस रेगुलेटरी एजेन्सी (एमएचआरए) को सिफारिसमा सरकारले फाइजर–बायोएनटेकको कोभिड–१९ को खोपलाई प्रयोगका लागि अनुमित दिएको छ,’ सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बेलयातभर अर्को हप्तादेखि खोप उपलब्ध गराइने विज्ञप्तिमा जानकारी दिइएको छ । स्वास्थ्य सचिव म्याट ह्यानककले अर्को हप्ताको शुरुदेखि खोपको कार्यक्रम शुरु गरिने जनएको छ।

बेलयातको खोप कमिटीले कुन प्राथमिकता समूहले पहिलो खोप पाउनेछन् भनेर निर्णय गर्नेछ । यसमा केयर होमका वासिन्दा, स्वास्थ्यकर्मी र बृद्धि र रोगका कारण जोखिम समूहमा रहेका छन् ।

फाइजर–बायोएनटेक र अमेरिकी कम्पनी मोडेर्नाले खोपको प्रारम्भिक अध्ययनमा यो ९० प्रतिशतभन्दा बढी प्रभावकारी भएको पाइएको दाबी गरेको छ । यो सामान्य खोपको प्रभावकारिता दरभन्दा निकै बढी हो । दुवै खोप आरएनए (एमआरएनए) प्रविधिमा आधारित छन् ।

बेलायतमा कोभिड प्रतिरोधी खोप वितरणको जिम्मा व्यापार मन्त्री नाधिम जहावीलाई दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले जहावीलाई कम्तीमा आउँदो ग्रीष्मयामसम्म खोप वितरणको रेखदेख गर्न नियुक्त गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?