एजेन्सी, १६ मंसिर । परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहलाई इजरायल र निर्वासित विपक्षी समूहले रिमोटबाट नियन्त्रित बन्दुक प्रहार गरेर हत्या गरेको जनाइएको छ ।
गत शुक्रबार राजधानी तेहरान नजिकैको अबसार्ड शहरमा इरानका परमाणु वैज्ञानिक मोहसिनको गोली हानी हत्या भएको थियो । उनको अन्त्येष्टि सोमबार गरियो ।

इरानका सुरक्षा प्रमुख अलि शामखानीले आक्रमणकारीले मोहसिनको हत्य गर्नको लागि इलेक्ट्रोनिक उपकरण प्रयोग गरेको दाबी गरे। उनको सुरक्षाका लागि आवश्यक उपाय गरिए पनि दुश्मनहरुले बिल्कुलै नयाँ तरिका अपनाएर हत्या गरेको बताइएको छ ।




