advertisement

गए राति नै प्रहरीले चक्कु प्रहार गर्ने रविलाई नियन्त्रणमा लिएको थियो। एपोलो अस्पताल चन्द्रपुरमा उपचार गर्न लगिएको घाइते नन्दकिशोरको गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

" /> छिमेकी १९ वर्षिय रविले पेटमा चक्कु प्रहार गर्दा १८ वर्षीय रामको ज्यान गयो - Sarbocha Media

छिमेकी १९ वर्षिय रविले पेटमा चक्कु प्रहार गर्दा १८ वर्षीय रामको ज्यान गयो

`

     २०७७ मंसिर १६ गते ३:४६

काठमाडौं, १६ मंसिर । रौतहटका एक युवकको चक्कु प्रहारबाट ज्यान गएको छ।

चक्कु प्रहारबाट घाइते भएका रौतहट वृन्दावन नगरपालिका वडा नम्बर ३ का १८ वर्षीय नन्दकिशोर रामको उपचारको क्रममा गए राति ज्यान गएको बताइएको छ ।

प्रहरीका अनुसार उनलाई उनका छिमेकी १९ वर्षिय रवि रामले चक्कु प्रहार गरेका थिए। सोमबार बेलुकी भान्छाको चक्कु लगेर रविले नन्दकिशोरको पेटमा प्रहार गरी गम्भीर घाइते बनाएको जनाइएको छ ।

advertisement

गए राति नै प्रहरीले चक्कु प्रहार गर्ने रविलाई नियन्त्रणमा लिएको थियो। एपोलो अस्पताल चन्द्रपुरमा उपचार गर्न लगिएको घाइते नन्दकिशोरको गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?