काठमाडौं, १४ मंसिर । काठमाडौं महानगरपालिका वडा नं. ३१ शंखमुलमा गएराति दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
शनिबार बेलुकी करिब सात बजेतिर शंखपुलबाट दोभान पुलतर्फ गइरहेको बा ३६ प ६५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३ ०२००६ प ८८०० नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको ज्यान गएको हो।
महानगरीय ट्राफिक प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका ८८०० नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ७ का २२ वर्षीय सुदीप तिमल्सिनाको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ ।

घाइते भएको अर्का मोटरसाइकल चालक भारतीय नागरिक ३० वर्षीय सानु खानट्रमा सेन्टर महांकालमा उपचार भइरहेको छ ।




