advertisement

दुर्घटनापछि जिप चालक भने फरार रहेको प्रहरीले बताएको छ । उनी सोही नगरपालिका–९ का २८ वर्षीय डिल्लीबहादुर नेपाली हुन् ।

" /> रुकुम पश्चिममा जन्ती बोकेको जिप दुर्घटना हुँदा एकै गाउँका चार जनाको मृत्यु - Sarbocha Media

रुकुम पश्चिममा जन्ती बोकेको जिप दुर्घटना हुँदा एकै गाउँका चार जनाको मृत्यु

`

     २०७७ मंसिर १३ गते १:०९

रुकुम, १३ मंसिर । रुकुम पश्चिममा जन्ती बोकेको जिप दुर्घटना हुँदा एकै गाउँका चार जनाको मृत्यु भएको छ ।

आठबिसकोट नगरपालिका ८ स्थित दाजे भन्ने ठाउँमा रा १ ज ५८९ नम्बरको जिप दुर्घटना हुँदा सोही वडाका चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । जिप दुर्घटना शुक्रबार साँझ करिब ७ बजे भएको जनाइएको छ ।

आठबिसकोट नगरपालिका–८ दाजेबाट सोही नगरपालिका–१० घारीखोला फर्कने क्रममा जिप दुर्घटना भएको बताइएको छ । दुर्घटनामा आठबिसकोट–८ का ५१ वर्षीय कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको मृत्यु भएको छ ।

दुर्घटनामा सोही ठाउँका ५८ वर्षीय लालबहादुर नेपाली घाइते छन् । उनको अवस्था गम्भीर रहेको छ । जिप सडकबाट करिब एक सय मिटर तल खसेको स्थानीयहरु बताउँछन् ।

advertisement

दुर्घटनापछि जिप चालक भने फरार रहेको प्रहरीले बताएको छ । उनी सोही नगरपालिका–९ का २८ वर्षीय डिल्लीबहादुर नेपाली हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?