काठमाडौं, १२ मंसिर । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ८ सय २२ जनामा कोरोना संक्रमण थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ९९, ललितपुरमा १ सय ६० र भक्तपुरमा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ७ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २३ हजार ९९१ पुगेको छ।
त्यस्तै, देशभर १२ सय ३६ जना संक्रमित कोरोनामुक्त भएका छन्। हाल देशभरमा १७ हजार २३७ जना सक्रिय संक्रमितहरू रहेका छन्। योसँगै आज देशभर २३ जना संक्रमितको मृत्यु भएका छन्।




