कविता : सेतो रङ्ग

`
के आर पाण्डुलिपि
के आर पाण्डुलिपि      २०७७ मंसिर ११ गते २:१०

लुकाएर क्रान्तिका राता झण्डा
निभाएर बिद्रोहको रातो झिल्को
धोएर रगतको रातो टाटो ।

थुपारेर खजनामा हरिया नोट
भित्राएर भोकका हरियो औषधि
ढालेर अक्सिजनका हरिया वारी ,

झोलामा भरेर निलो पानी
लुटेर सपना निलो आखाँको
काटेर पखेटा निलो आकाशमा उड्ने पन्छिको
बारुद भरेर बुद्धका निला आँखामा ।

उ सेतो रङ्ग झै सेतो भएको छु भन्छ,
र भन्छ ल भेट म मा दाग
होस गर ,
म निर्मल सेतो हुँ,
मेरो जिउमा दाग लगाउन मनाही छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?