advertisement

श्रृङ्गला दुई दिने नेपाल भ्रमणका क्रममा बिहीबार बिहान काठमाडौं आएका थिए। काठमाडौं आएपछि उनले नेपाली समकक्षी भरतराज पौड्याल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गरेका थिए।

" /> प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव श्रृङ्गलाको शिष्टाचार भेट - Sarbocha Media

प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव श्रृङ्गलाको शिष्टाचार भेट

`

     २०७७ मंसिर ११ गते १२:४६

काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गलाबीच शिष्टाचार भेट भएको छ।

प्रधानमन्त्री ओलीलाई भेट्न बिहीवार साँझ श्रृङ्गला बालुवाटार पुगेका थिए। भेटका क्रममा दुई देशबीच द्विपक्षीय सम्बन्ध विस्तार गर्ने बारेमा छलफल भएको बताइएको छ।

advertisement

श्रृङ्गला दुई दिने नेपाल भ्रमणका क्रममा बिहीबार बिहान काठमाडौं आएका थिए। काठमाडौं आएपछि उनले नेपाली समकक्षी भरतराज पौड्याल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?