एजेन्सी, १० मंसिर। विश्वमा पछिल्लो २४ घण्टाभित्र पाँच लाख ३७ हजार ४०४ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन्, भने ११ हजार ६६८ जनाको मृत्यु भएको छ।
हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ८२ हजार ६१७ र मृत्यु हुनेको संख्या १४ लाख १३ हजार ७४९ पुगेको छ।
पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ७१ हजार ७६९ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण दुई हजार १६८ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र ४४ हजार २७६ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ४८९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।




