काठमाडौं, ९ मंसिर । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बीबीसी०को प्रभावशाली महिलाको सूचिमा परेकी छन् ।
मंगलबार बीबीसीले सन् २०२० को सार्वजनिक गरेको १०० प्रभावशाली महिलाको सूचिमा रोका पनि परेकी हुन् ।

यो सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरसविरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत छन् ।




