काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार ताप्लेजुङ प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओलीसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई र प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई गएका हुन् ।

प्रधानमन्त्रीले ताप्लेजुङको घुन्सामा निर्मित स्वास्थ्य चौकी भवन उद्घाटन गर्नेछन् भने पछि सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको जनाइएको छ । घुन्सापछि प्रधानमन्त्री ओलीको टोली ओलाचुङ्गोला हुँदै इलाम पुग्ने कार्यक्रम रहेको बताइएको छ ।
उनले इलामको सन्दकपुरमा निर्मित सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने छन् ।




