प्रधानमन्त्री केपी शर्मा ओली आज इलाम र ताप्लेजुङ जाँदै

`

     २०७७ मंसिर ०८ गते ४:१२

काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार इलाम र ताप्लेजुङ जाँदै छन् ।

विकास निर्माणका कामको अवस्थाबारे अवलोकन गर्न प्रधानमन्त्री ओली आज बिहान इलाम र ताप्लेजुङ जाने तयारीमा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गएको कात्तिक २६ गते पनि ओलीले संखुवासभाको किमाथान्का लगायत क्षेत्रको विकास निर्माणको अवलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?