advertisement

झडपका क्रममा एक जनाले अर्कालाई बाँसको भाठाले प्रहार गर्ने क्रममा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका मुकेशको उपचारका क्रममा कात्तिक ७ गते मृत्यु भएको थियो ।

" /> नेकपाका मुकेश चौरासिया हत्या प्रकरणका मुख्य आरोपी पक्राउ - Sarbocha Media

नेकपाका मुकेश चौरासिया हत्या प्रकरणका मुख्य आरोपी पक्राउ

`

     २०७७ मंसिर ०८ गते ३:१३

पर्सा, ८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता मुकेश चौरासियाको हत्यामा संलग्‍न मुख्य अभियुक्त पक्राउ परेका छन् ।

पर्साका स्थानीय नेता चौरासियाको गत कार्तिक ६ गते विन्दवासिनी गाउँपालिका ५ प्रसौनीभाठामा नेकपाको गाँउपालिका कमिटीद्वारा आयोजित सपथ ग्रहण कार्यक्रममा नेकपाकै दुई गुटबीच झडपका क्रममा हत्या भएको थियो ।

हत्या अभियोगमा विन्दवासिनी गाउँपालिका–३, इटियाहीका ३८ वर्षीय अखिलेश प्रसाद चौरसिया भनिने अशेसर प्रसाद चौरसियालाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।

उनलाई वीरगञ्‍ज महानगरपालिका–२५, अली सिर्सियाबाट पक्राउ गरिएको हो । हाल हिरासतमा लिएर उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

advertisement

झडपका क्रममा एक जनाले अर्कालाई बाँसको भाठाले प्रहार गर्ने क्रममा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका मुकेशको उपचारका क्रममा कात्तिक ७ गते मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?