एजेन्सी, ८ मंसिर । कोरोना भाइरसविरुद्धको खोप अमेरिकी नागरिकहरूले पहिलो पटक डिसेम्बर महिनाको ११ तारिखसम्ममा पाउन सक्ने भएको छ ।
अमेरिकाको कोरोना भाइरस खोप कार्यक्रमका प्रमुखले डिसेम्बर महिनाको ११ तारिखसम्ममा नागरिकहरूले खोप पाउने जानकारी दिएका हुन्।

डा. मोन्सेफ स्लावीले सीएनएनसँग कुरा गर्दै स्वीकृति पाएको २४ घन्टाभित्र खोप पुर्याइने योजना सुनाए।




