advertisement

यसअघि कुनै मन्त्रालय वा निकायले उक्त प्रशिक्षणका लागि स्वीकृति दिएको भए पनि आइतबारकै मितिदेखि उक्त निर्णय निष्क्रिय हुने जनाइएको छ।

" /> मन्त्रालयको स्वीकृति विना कर्मचारीले लोक सेवाका तयारी कक्षा पढाउन नपाउने - Sarbocha Media

मन्त्रालयको स्वीकृति विना कर्मचारीले लोक सेवाका तयारी कक्षा पढाउन नपाउने

`

     २०७७ मंसिर ०८ गते १:०९

काठमाडौं, ८ मंसिर। लोक सेवा आयोगलगायतका अन्य प्रतिस्पर्धात्मक परीक्षा तयारी कक्षा अब कुनै पनि कर्मचारीले पढाउन नपाउने भएको छ ।

कर्मचारीले पढाउनको लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति लिन अवश्यक रहेको छ । स्वीकृति विना उनीहरुले कुनै इन्स्टिच्युटमा भौतिक वा अनलाइन माध्यमबाट उपस्थित भई पढाउन नपाउने भएको हो ।

कुनै इन्स्टिच्युटमा भौतिक वा अनलाइन माध्यमबाट परीक्षाको तयारीका लागि प्रशिक्षण वा पढाउन नपाइने मन्त्रीस्त्रीय निर्णय गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

पढाउन चाहने सहसचिव वा सोभन्दा माथिका पदका कर्मचारीले मन्त्रिपरिषद् र अन्य कर्मचारीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति लिनुपर्ने छ ।

advertisement

यसअघि कुनै मन्त्रालय वा निकायले उक्त प्रशिक्षणका लागि स्वीकृति दिएको भए पनि आइतबारकै मितिदेखि उक्त निर्णय निष्क्रिय हुने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?