काठमाडौँ, ७ मंसिर । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी विभाजित हुने निष्कर्षमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग साझा सरकारको प्रस्ताव राखेका छन्।
शनिबार बालुवाटारमा भएको दुईजनाको भेटघाटमा ओलीले नेपाली कांग्रेसलाई आठ मन्त्रालय दिने प्रस्ताव राखेका छन्।देउवाले सहयोगीहरुसँग सल्लाह गरी उचित निर्णय लिने आश्वासन ओलीलाई दिएको एक उच्च राजनीतिक स्रोतले बतायाे।
प्रचण्डले पहिलेदेखि नै दुःख दिएको र अहिले त्यसमा माधव नेपाल पनि मिसिएपछि आफू संकटमा परेको भन्दै सहकार्यको प्रस्ताव देउवा समक्ष ओलीले राखेको स्रोतले बतायो। देउवाले तत्काल कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न पनि ओलीसँग आग्रह गरेको बुझिएको छ।

प्रधानमन्त्री ओलीले शनिबार दिउँसो सभापति देउवासहित काँग्रेसका प्रतिनिधि पनि सहभागी भएको स्रोतले बताएको छ । खासमा संवैधानिक रिक्त पदमा नियुक्तिका विषयमा छलफल गर्न प्रधानमन्त्रीले देउवालाई बोलाएपनि सत्ता साझेदारीको बिषयमा छलफल केन्द्रीत भएको काँग्रेस नेताहरुको भनाइ छ ।
यसका बिषयमा छलफलको साढे २ घण्टामध्ये २५ मिनेट प्रधानमनत्रीले देउवासँग मात्रै कुरा गर्नुभएको काँग्रेस स्रोतको भनाइ छ । छलफलमा संवैधानिक रिक्त पदमा नियुक्तिका विषयमा भने छलफलको थोरै समय मात्रै कुराकानी भएको थियो ।
यसका बिषयमा छलफलको साढे २ घण्टामध्ये २५ मिनेट प्रधानमनत्रीले देउवासँग मात्रै कुरा गरेकाे काँग्रेस स्रोतको भनाइ छ । छलफलमा संवैधानिक रिक्त पदमा नियुक्तिका विषयमा भने छलफलको थोरै समय मात्रै कुराकानी भएको थियो ।




