advertisement

आज प्रतितोला चाँदीको मूल्य १२१५ रुपैयाँ तोकिएको जनाइएको छ ।

" /> आज सुनको भाउ प्रतितोला ७०० ले घट्यो - Sarbocha Media

आज सुनको भाउ प्रतितोला ७०० ले घट्यो

`

     २०७७ मंसिर ०४ गते ६:०५

काठमाडौं, ४ मंसिर । आज सुनको भाउ प्रतितोला ७०० रुपैयाँले घटेको छ। आज बिहीबार तोलामा ७०० रुपैयाँले घटेको छापावाल सुनको भाउ आज ९४ हजार ४०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो बुधबार नेपाली बजारमा छापावाल सुनको भाउ ९५ हजार एक सय रुपैयाँ कायम थियो। तेजाबी सुनको भाउ आज प्रतितोला ९३ हजार ९०० रुपैयाँ तोकेको छ। हिजो तेजाबी सुनको भाउ तोलामा ९४ हजार ७०० रुपैयाँ कायम थियो। हिजो प्रतितोला १२३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ भने घटेको छ।

advertisement

आज प्रतितोला चाँदीको मूल्य १२१५ रुपैयाँ तोकिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?