बुटवल, २७ कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता लिन अपिल गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले प्रस्ताव फिर्ता लिन अपिल गर्दै अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संगीन आरोप भएको टिप्पणी समेत गरेका छन् । उनले शनिबार बिहान फेसबुकमार्फ प्रचण्डले शुक्रबारको सचिवालय बैठकमा एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूति सिंगो पार्टीले गरिरहेको बताएका छन्।

मुख्यमन्त्री पोखरेलले फेसबुकमा लेखेका छन्, ‘कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षविरुद्ध संगिन आरोपसहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ ।’
मुख्यमन्त्री पोखरेलले अगाडि थपे, ‘म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि वढाउन हार्दिक अनुरोध गर्दछु । व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय हो भन्ने सत्य वुझ्न अनुरोध छ ।’




