काठमाडौं, २७ कात्तिक । तिहार र छठ पर्वपछि काठमाडौं उपत्यकामा लकडाउन गर्ने तयारी हुँदै छ ।
कोरोना भाइरस रोकथामका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई काठमाडौं उपत्यका नगरपालिका फोरम उपत्यकामा कडा लकडाउन गर्नुपर्ने प्रस्ताव राखेको छ ।
सो प्रस्तावबारे सीसीएमसी निर्देशक समितिका संयोजक उप–प्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारीबीच बुधबार भएको छलफल भएको जनाइएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करिब पाँच घण्टा लामो भएको बैठक पछिल्लो समय उपत्यकामा बढिरहेको कोरोना संक्रमण र त्यसको रोकथाम–नियन्त्रणको प्रयासका विषयमा केन्द्रित भएको थियो।




