काठमाडौं, २६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा राष्ट्रियसभा सांसद बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ आज बुधबार हुने भएको छ ।
सर्वोच्च अदालतमा गौतमको सांसदको योग्यता सम्बन्धी परेको मुद्दाको पेशी आजका लागि तोकिएपछि सुनुवाइ आज हुने भएको हो ।
सर्वोच्च अदालतका अनुसार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशमा गौतमविरुद्धको मुद्दाको सुनवाइ हुन लागेको छ ।

असोज १२ मा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्ने निर्णय बदर र मन्त्री नबनाउन माग राख्दैरिट दायर गरेका थिए ।




