advertisement

आज चाँदीको प्रतितोला मूल्यमा पनि ७० रुपैयाँको गिरावट आएर १२ सय १५ रुपैयाँ भाउ पुगेको जनाइएको छ ।

" /> सुनको भाउ एकैदिन प्रतितोला तीन हजार चार सयले घट्यो - Sarbocha Media

सुनको भाउ एकैदिन प्रतितोला तीन हजार चार सयले घट्यो

`

     २०७७ कार्तिक २५ गते ७:०९

काठमाडौं, २५ कात्तिक । साताको तेस्रो दिन मंगलबार सुनको भाउमा ह्वात्तै गिरावट आएको छ ।

सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको प्रतितोला मूल्य एकैदिन तीन हजार चार सय रुपैयाँले घटेको छ ।

सोमबार ९८ हजार दुई सयमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ९४ हजार ८ सय रुपैयाँ पुगेको छ । यस्तै महासंघले तेजाबी सुनको मूल्य मंगलबारका लागि ९४ हजार तीन सय रुपैयाँ तोकेको छ ।

advertisement

आज चाँदीको प्रतितोला मूल्यमा पनि ७० रुपैयाँको गिरावट आएर १२ सय १५ रुपैयाँ भाउ पुगेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?