कैलाली, २४ कात्तिक । कैलालीमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।
सोमबार बिहान टीकापुर नगरपालिका–१ का ९० वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका २ का ८४ वर्षीय पुरुषको सोमबार बिहान कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
टीकापुरका पुरुष होम आइसोलेसनमा बसिरहेका थिए । उनको २० गते कोरोना पुष्टि भएका थियो । होम आइसोलेसनमा रहेकै बेला उनको मृत्यु भएको बताइएको छ ।

धनगढीका ८४ वर्षीय पुरुषमा भने कडा प्रकारको निमोनिया देखिएको थियो । शुक्रबारदेखि अस्थायी कोरोना अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेका उनको सोमबार बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।




