एजेन्सी, २३ कात्तिक । जोसेफ रोविनेट वाइडेन अमेरिकको ४६ औँ राष्ट्रपति निर्वाचित भएका छन् ।
मतगणनाको परिणाम अनुसार, ७८ वर्षीय वाइडेन २७३ इलेक्टोरल मत पाएर राष्ट्रपतिमा विजयी भएका हुन् । कमला ह्यारिस उपराष्ट्रपतिमा निर्वाचित भएकी छन् । उनी अमेरिकी इतिहासमा उपराष्ट्रपति हुने पहिलो महिला हुन् ।
वाइडेनले आगामीज नवरी २० तारिखमा ह्वाइट हाउसमा आयोजना हुने विशेष कार्यक्रममा आधिकारिक रुपमा राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन् ।
राष्ट्रपति ट्रम्पले भने हालसम्म २१४ इलेक्टोरल मत प्राप्त गरेका छन् । पेन्सिलभेनियाको परिणाम आएपछि अब बाँकी रहेका एरिजोना, नेभाडा, नर्थ क्यारोलिना, जर्जिया र हवाइको परिणाम वाइडेनको पक्षमा नआएप नि कुनै फरक पर्दैन ।

यी बाँकी पाँच राज्यको मतगणना पनि अन्तिम चरणमा पुगेको छ ।




