advertisement

अहिले उनको उपचार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसीयूमा भइरहेको छ । उनको फोक्सोमा पानी जमेको पाइएको बताइएको छ ।

" /> कोरोना संक्रमित वरिष्ठ हस्य कलाकार मनोज गजुरेलको स्वास्थ्य सुधारोन्मुख - Sarbocha Media

कोरोना संक्रमित वरिष्ठ हस्य कलाकार मनोज गजुरेलको स्वास्थ्य सुधारोन्मुख

`

     २०७७ कार्तिक २२ गते ५:३१

काठमाडौं, २२ कात्तिक । कोरोना संक्रमित वरिष्ठ हस्य कलाकार मनोज गजुरेलको स्वास्थ्यमा सुधार आएको छ ।

गजुरेलले आफ्नो स्वास्थयमा सुधार आएको सामाजिक सञ्जाल फेसबुकमार्फ जानकारी दिएका छन् । गजुरेलले फेसबुकमा लेखेका छन्, ‘आराम छु, आरामको कामना गर्दछु । हिजो भन्दा आज धेरै राम्रो भइरहेको छ । स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यवाद ।’

गजुरेललाई १० कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । अक्सिजनको मात्रा कम देखिएपछि उनलाई बिहीबार सशस्त्र प्रहरी अस्पताल लगिएको थियो ।

advertisement

अहिले उनको उपचार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसीयूमा भइरहेको छ । उनको फोक्सोमा पानी जमेको पाइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?