काठमाडौं, १९ कात्तिक। अमेरिकामा राष्ट्रपति पदका लागि निर्वाचनको नतिजा आउन थालेको छ । प्रारम्भिक मत गणनामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन रिपब्लिकन पार्टीका मत डोनाल्ड ट्रम्पभन्दा बढी आएको छ ।
अहिलेसम्म अमेरिकाका ५० मध्ये ३१ राज्यको नतिजा आइसकेको छ । उक्त नतिजा अनुसार बाइडनले १९२ इलेक्टोरल भोट पाएका छन् भने ट्रम्पको पक्षमा ११४ इक्लेक्टोरल भोट परेको छ ।
१८ राज्यको मतगणनामा बाइडनले कोलोराडो, न्युयोर्क, न्यु जर्सी, मेरिल्याण्ड, मासाचुएट्स, भर्मोन्टलगायतका राज्यको इलेक्टोरल भोट जितेका छन् ।

त्यस्तै ट्रम्पले नर्थ र साउथ डाकोटा, वेस्ट भर्जिनिया, इन्डियाना, अल्बामा लगायतका राज्यको इलेक्टोरोल भोट पाएका छन् ।




