advertisement

उक्त मिसाइलबारे अमेरिकी गुप्तचर संस्थालाई २०१७ मै जानकारी रहेको जनाइएको छ। यो मिसाइलबारे सबैभन्दा पहिलो रिपोर्ट कार्नेगी एन्डोमेन्ट फर इन्टरनेसनल पिसमा न्युक्लियर प्रोग्रामका सिनियर फेलो अंकित पान्डाले २०१८ को अप्रिलमा गरेका थिए।

" /> चीनले बनायो संसारकै ठूलो खतरनाक एयरलन्च मिसाइल - Sarbocha Media

चीनले बनायो संसारकै ठूलो खतरनाक एयरलन्च मिसाइल

`

     २०७७ कार्तिक १८ गते ५:५०

एजेन्सी, १८ कात्तिक । चीनले संसारकै ठूलो बनाएको एयरलन्च मिसाइलमा स्ट्र्याटेजिक बम्बर एयरक्राफ्ट एच–६एनमा जडान गरेको छ ।

यसअघि यस्तो मिसाइल अमेरिका र रुसका सेनासँग मात्र थियो। यो मिसाइल हालै चिनियाँ एयर हाइपरसोनिक एन्टी सिप ब्यालेस्टिक मिसाइल उडाउने क्रममा देखिएको थियो।

उक्त एन्टी सिप ब्यालेस्टिक मिसाइल दुई तहको इन्जिनबाट चल्छ। त्यसमा सोलिड फ्युलको प्रयोग गरिन्छ। त्यसको अपरेसन रेन्ज करिब ३००० किलोमिटर हुन्छ।

मिसाइलले आफ्नो साथमा परमाणु वारहेड लिएर उड्न सक्ने दाबी गरिएको छ । त्यसलाई डीएफ–२१डी को एयरलन्च भेरियन्ट पनि भनिन्छ। यो ३० फिटभन्दा लामो र २००० किलोमिटरसम्म प्रहार गर्न सक्ने क्षमता छ।

advertisement

उक्त मिसाइलबारे अमेरिकी गुप्तचर संस्थालाई २०१७ मै जानकारी रहेको जनाइएको छ। यो मिसाइलबारे सबैभन्दा पहिलो रिपोर्ट कार्नेगी एन्डोमेन्ट फर इन्टरनेसनल पिसमा न्युक्लियर प्रोग्रामका सिनियर फेलो अंकित पान्डाले २०१८ को अप्रिलमा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?