advertisement

हत्या प्रयासबारे त्यस रात पीडितका पिताले थाहा नपाएका भए ती किशोरीको अकालमा ज्यान जान सक्ने खतरा थियो । पीडित परिवार अचेत अवस्थामा भेटिएकी छोरीलाई बोकेर उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पुगेको थियो ।

उपचारपश्चात् किशोरीको होस आएपछि आज बल्ल बलात्कारको मुद्धा दर्ता गर्न आएको पीडित परिवारले जनाएको छ ।

" /> प्रहरी जवानले किशोरीलाई सुतेकै कोठामा गएर बलात्कारपछि घिसार्दै रुखमा झुण्ड्याउन खोजेपछि... - Sarbocha Media

प्रहरी जवानले किशोरीलाई सुतेकै कोठामा गएर बलात्कारपछि घिसार्दै रुखमा झुण्ड्याउन खोजेपछि…

`

     २०७७ कार्तिक १८ गते १:०६

डोटी, १८ कात्तिक । डोटीका एक सुरक्षाकर्मीमाथि १५ वर्षीया किशोरीलाई बलात्कारपछि हत्याको प्रयास गरेको आरोप लागेको छ ।

डोटीको जोरायल गाउँपालिका–५ गडसेरास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहविरुद्ध किटानी जाहेरी परेको छ । अब उनीविरुद्ध कानूनबमोजिम मुद्धा चल्ने भएको छ । प्रहरी जवान सिंहले जोरायल गाउँपालिका–५ गडसेरा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा आज जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार किशोरीलाई विवाह गर्ने प्रलोभन देखाइ बलात्कार गरेको भन्ने पीडितको उजुरीका आधारमा प्रहरी जवानविरुद्ध मुद्धा दर्ता भएको हो । प्रहरी जवान सिंहले यही कातिक १३ गते राति किशोरीलाई उनी सुतेकै कोठामा गएर बलात्कारपछि घिसार्दै लगेर रुखमा झुण्ड्याएर हत्याको प्रयास गरेको पीडित किशोरीका आफन्तले आरोप लगाएका छन् ।

advertisement

हत्या प्रयासबारे त्यस रात पीडितका पिताले थाहा नपाएका भए ती किशोरीको अकालमा ज्यान जान सक्ने खतरा थियो । पीडित परिवार अचेत अवस्थामा भेटिएकी छोरीलाई बोकेर उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पुगेको थियो ।

उपचारपश्चात् किशोरीको होस आएपछि आज बल्ल बलात्कारको मुद्धा दर्ता गर्न आएको पीडित परिवारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?