काठमाडौं, १७ कात्तिक । आज सोमबार सुनको भाउ स्थिर रहेको छ ।
आइतबार ९५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउमा आज कुनै परिवर्तन नभएको जनाइएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार तेजावी सुनको भाउमा पनि आज कुनै परिवर्तन आएको छैन । तेजावी सुन आज तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै, चाँदीको भाउ भने आज १० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको एक हजार २ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।




