काभ्रे, १७ कात्तिक । काभ्रेमा ‘बोक्सी’ भगाउन भन्दै माताले बिरामीलाई पन्युँले डामेकी छन् ।
पाँचखाल नगरपालिका वडा नम्बर ९ की शर्मिला विकलाई माताले मुख र शरीरमा डामेकी छन् । उनमा काम्ने, नजिक भएका मान्छेहरूलाई चिथोर्न जाने र चिच्याउने विरामी छ।
माइती पक्षले धुलिखेल अस्पतालबाट थप उपचारका लागि काठमाडौंको छाला अस्पतालमा लगेको जनाइएको छ। अहिले शर्मिलाको काठमाडौंमा नै उपचार भइरहेको छ।

उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।




