advertisement

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ। पछिल्लो २४ घण्टामा उपत्यकाका १६ सय २२सहित २८ सय २४ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए।

३७ हजार ७६५ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ६ हजार ७७९ जना छन्। यस्तै क्वारेन्टाइनमा २ हजार ३८६ जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार २३ नमूनाको पीसीआर परीक्षण भएको छ। आइतबार ३६ सय २० जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ३४ हजार ८४२ पुगेको छ।

आइसीयूमा २८३ र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ९६० जनाको मृत्यु भएको छ। आइतबार मात्रै २३ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

" /> उपत्यकामा थप १६ सय २२ जनामा कोरोना संक्रमित - Sarbocha Media

उपत्यकामा थप १६ सय २२ जनामा कोरोना संक्रमित

`

     २०७७ कार्तिक १६ गते ११:१५

काठमाडौं, १६ कात्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६ सय २२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ गरी १६ सय २२जनामा संक्रमण पुष्टि भएको छ ।

advertisement

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ। पछिल्लो २४ घण्टामा उपत्यकाका १६ सय २२सहित २८ सय २४ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए।

३७ हजार ७६५ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ६ हजार ७७९ जना छन्। यस्तै क्वारेन्टाइनमा २ हजार ३८६ जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार २३ नमूनाको पीसीआर परीक्षण भएको छ। आइतबार ३६ सय २० जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ३४ हजार ८४२ पुगेको छ।

आइसीयूमा २८३ र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ९६० जनाको मृत्यु भएको छ। आइतबार मात्रै २३ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?