काठमाडौं, १६ कात्तिक । आज साताको पहिलो दिन सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेर सुन तोलाको ९५ हजार रुपैयाँ पुगेको छ ।
शुक्रबार सुन तोलामा एक हजार रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ थियो । यस्तै आज चाँदी तोलामा १५ रुपैयाँ बढेको छ ।

चाँदी आज तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।




