काठमाडौं, १६ कात्तिक । महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले पूर्व राज्यमन्त्री खोभारी राय जुवा खालबाट पक्राउ गरेको छ ।
रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको बताइएको छ । जुवा खालबाट १ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको जनाइएको छ ।
२०५२ सालमा शेरबहादुर देउवाको पालामा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा उनी राज्यमन्त्री भएका खोभारी राय २०७४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

हाल उनी कुनै राजनीतिमा सकृय नभएको पनि जनाइएको छ ।




