काठमाडौं, कात्तिक १२ । चन्द्र सतहमा पानी पाइएको तथ्य सार्वजनिक गरिएको छ ।
अमेरिकी अन्तरीक्ष संस्था नासाले पहिलो पटक चन्द्रमा पानी रहेको पत्ता लगाएको जनाएको छ ।
नासाको स्ट्राटोफोरिक अब्जरभेटरी फर इन्फारेड एस्ट्रोनोमी (सोफियो) ले चन्द्रमाको दक्षिण धु्रबमा रहेका पृथ्वीबाट देखिने सबैभन्दा ठूलो मध्येको एक क्लाभस क्रेटरमा पानीको कण (एचटुओ) फेला परेको उल्लेख गरेको छ ।
विगतमा चन्द्रमाको सतहमा गरिएको अनुसन्धानमा हाइड्रोजनको केही स्वरुप पाइएको थियो तर त्यसमा पानी र त्यसको रसायनिक नातेदार हाइड्रअक्सी(ओएच) हो भन्नेमा छुट्याउन सकिएको थिएन ।

तर त्यो क्षेत्रबाट प्राप्त तथ्याङ्कले चन्द्रमाको सतहमा फैलिएको एक घनमिटर माटोमा एउटा १२ औैंसको बोतल बराबरको पानी रहेको देखाएको छ ।




