काठमाडौ, ११ कात्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ५७ महिला र १ सय ५५ पुरुष रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ सय २५, भक्तपुरमा ४ र ललितपुरमा २३ जना कोरोना संक्रमित थपिएका छन्।




