advertisement

उनलाई ज्वरो, खोकी, कमजोरी तथा स्वासप्रस्वासको समस्याले पिरोलिएका चौधरीलाई गत कात्तिक ३ गते बिहान कोरोना संक्रमण पुष्टि भएको थियो । बिराटनगरमा उपचारपछि घर फर्केका चौधरीको स्वास्थ्यमा सुधार नभएपछि कञ्चनरुपस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन दिएर राखिएका चौधरीको स्वास्थ्य समस्या वढेपछि कात्तिक २ गते राति नै धरान रेफर गरिएको थियो । जहाँ उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । उनको धरानस्थित बि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार भइरहेको थियो ।

बिहारी चौधरी र माहिल्यवती चौधरीको छोराका रुपमा २०१८ साल फागुन १० गते सप्तरीको जगतपुर ५ मा जन्मिएका चौधरीका ५ छोरा र १ छोरी छन् । चौधरीले नेकपा पुष्पलाल समूहबाट २०२६ सालमा राजनीतिमा प्रवेश गरेका थिए । एसएलसीसम्म अध्ययन गरेका चौधरी प्रजातन्त्र स्थापनापछि एमालेको सप्तरीका नेता बनेका थिए ।

२०५४ सालमा सप्तरी जिल्ला विकास समितिको सदस्य समेत भएका चौधरी एमालेको नेतृत्वदायी भूमिका रहेका थिए । २०६३ सालमा नेकपा एमाले, सप्तरीको जिल्ला अध्यक्ष भएर काम गरेका चौधरी २०६५ सालमा एकीकृत नेकपा माओवादीमा प्रवेश गरे । माओवादीमा उनी मिथिला राज्य समितिको सचिवालय सदस्य थिए ।

२०६४ सालको संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ मा एमालेको विद्रोही उम्मेदवार बनेर स्वतन्त्र उम्मेदवारीका रुपमा चुनाव लडेका चौधरी ७ हजार ६ सय ३७ मत ल्याउँदै तेश्रो भएका थिए । त्यसपछि माओवादी प्रवेश गरेका चौधरीले २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा सप्तरीको निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका थिए ।

" /> कोरोना संक्रमणका कारण नेकपा नेता चौधरीको मृत्यु - Sarbocha Media

कोरोना संक्रमणका कारण नेकपा नेता चौधरीको मृत्यु

`

     २०७७ कार्तिक ११ गते ९:२९

राजविराज, ११ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् संविधान सभाका पूर्वसदस्य मानपुर चौधरीको मङ्गलबार निधन भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–४ जगतपुर निवासी कोरोना संक्रमित ६० वर्षीय चौधरीको उपचारका क्रममा धरानमा मृत्यु भएको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त मिश्रले बताए।

advertisement

उनलाई ज्वरो, खोकी, कमजोरी तथा स्वासप्रस्वासको समस्याले पिरोलिएका चौधरीलाई गत कात्तिक ३ गते बिहान कोरोना संक्रमण पुष्टि भएको थियो । बिराटनगरमा उपचारपछि घर फर्केका चौधरीको स्वास्थ्यमा सुधार नभएपछि कञ्चनरुपस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन दिएर राखिएका चौधरीको स्वास्थ्य समस्या वढेपछि कात्तिक २ गते राति नै धरान रेफर गरिएको थियो । जहाँ उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । उनको धरानस्थित बि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार भइरहेको थियो ।

बिहारी चौधरी र माहिल्यवती चौधरीको छोराका रुपमा २०१८ साल फागुन १० गते सप्तरीको जगतपुर ५ मा जन्मिएका चौधरीका ५ छोरा र १ छोरी छन् । चौधरीले नेकपा पुष्पलाल समूहबाट २०२६ सालमा राजनीतिमा प्रवेश गरेका थिए । एसएलसीसम्म अध्ययन गरेका चौधरी प्रजातन्त्र स्थापनापछि एमालेको सप्तरीका नेता बनेका थिए ।

२०५४ सालमा सप्तरी जिल्ला विकास समितिको सदस्य समेत भएका चौधरी एमालेको नेतृत्वदायी भूमिका रहेका थिए । २०६३ सालमा नेकपा एमाले, सप्तरीको जिल्ला अध्यक्ष भएर काम गरेका चौधरी २०६५ सालमा एकीकृत नेकपा माओवादीमा प्रवेश गरे । माओवादीमा उनी मिथिला राज्य समितिको सचिवालय सदस्य थिए ।

२०६४ सालको संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ मा एमालेको विद्रोही उम्मेदवार बनेर स्वतन्त्र उम्मेदवारीका रुपमा चुनाव लडेका चौधरी ७ हजार ६ सय ३७ मत ल्याउँदै तेश्रो भएका थिए । त्यसपछि माओवादी प्रवेश गरेका चौधरीले २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा सप्तरीको निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?