advertisement

सीमा विवादपछि नेपाल र भारतबीच कूटनीतिक मौनता रहेका बेला काठमाडौंमा एकाएक भारतीय गुप्तचर अधिकारीहरु सक्रिय भएका हुन्। भारतसँगको सम्बन्ध ठिक नरहेको बेला भारतीय गुप्तचर प्रमुख नेपाल आउनु र प्रधानमन्त्री ओलीसँग भेट्नुले नेपाल–भारत सम्बन्धमा नयाँ कोर्स शुरु हुने सम्भावना रहेको छ ।

गोयलको नेपाल आगमनबारे नेपाल सरकार र भारतीय दूतावासले केही बताएको छैन। नेपालले आफ्नो भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नक्सा जारी गरेपछि भारतले आपत्ति जनाएको थियो। नेपालले वार्ताको प्रस्ताव गर्दा भारतले त्यसलाई महत्व दिएको थिएन।

आगामी नोभेम्बर पहिलो साता भारतीय थलसेना प्रमुख नेपाल आउने तय भइसकेको अवस्थामा गुप्तचर प्रमुख नेपाल आएर प्रधानमन्त्री ओलीसँग भेटेका हुन्। यी दुईबीचको भेटमा के कुरा भयो भन्ने खुलाइएको छैन्।

" /> मध्य राती बालुवाटार प्रवेश भारतीय गुप्तचर रअ प्रमुख गोयल - Sarbocha Media

मध्य राती बालुवाटार प्रवेश भारतीय गुप्तचर रअ प्रमुख गोयल

`

     २०७७ कार्तिक ०५ गते ५:१२

काठमाडौं, ५ कात्तिक । बुधबार अकस्मात काठमडौं आएका भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटका लागि बालुवाटार पुगेका छन्। रअ प्रमुख गोयल बुधबार राती ९ बजेर १५ मिनेटमा बालुवाटार प्रवेश गरेको सुरक्षा स्रोतले जानकारी दिएका छन् । स्रोतका अनुसार राती १० : ३० बजेसम्म पनि गोयल बालुवाटारमै रहेका छन्।

advertisement

सीमा विवादपछि नेपाल र भारतबीच कूटनीतिक मौनता रहेका बेला काठमाडौंमा एकाएक भारतीय गुप्तचर अधिकारीहरु सक्रिय भएका हुन्। भारतसँगको सम्बन्ध ठिक नरहेको बेला भारतीय गुप्तचर प्रमुख नेपाल आउनु र प्रधानमन्त्री ओलीसँग भेट्नुले नेपाल–भारत सम्बन्धमा नयाँ कोर्स शुरु हुने सम्भावना रहेको छ ।

गोयलको नेपाल आगमनबारे नेपाल सरकार र भारतीय दूतावासले केही बताएको छैन। नेपालले आफ्नो भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नक्सा जारी गरेपछि भारतले आपत्ति जनाएको थियो। नेपालले वार्ताको प्रस्ताव गर्दा भारतले त्यसलाई महत्व दिएको थिएन।

आगामी नोभेम्बर पहिलो साता भारतीय थलसेना प्रमुख नेपाल आउने तय भइसकेको अवस्थामा गुप्तचर प्रमुख नेपाल आएर प्रधानमन्त्री ओलीसँग भेटेका हुन्। यी दुईबीचको भेटमा के कुरा भयो भन्ने खुलाइएको छैन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?