काठमाडौं, ५ कात्तिक । रानीपोखरी बुधबार उद्घाटन गरिएको छ ।
भूकम्पपछि पुनर्निर्माण भएको रानीपोखरीको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच गरेकी हुन् ।
२०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरीको २०७२ माघ २ गते पुनर्निर्माण शिलान्यास गरिएको थियो ।

अहिले रानीपोखरी र त्यहाँभित्र रहेको बालगोपालेश्वर महादेव मन्दिर पुरानै स्वरुपमा तयार भएका छन् ।




