advertisement

घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।

" /> प्रहरी जवान रामबहादुर साउदको पनि शव मोहना नदी नजिकै फेला - Sarbocha Media

प्रहरी जवान रामबहादुर साउदको पनि शव मोहना नदी नजिकै फेला

`

     २०७७ कार्तिक ०४ गते ५:५६

काठटमाडौं, ४ कात्तिक। प्रहरी जवान रामबहादुर साउदको पनि शव मोहना नदी नजिकै भेटिएको छ ।

कैलालीको अस्थायी प्रहरी बिट, जुगेडामा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव प्रहरी बिटका इन्चार्ज गोविन्द विकको शव भेटिएको ठाउँको करिब २०० मिटर टाढा फेला परेको छ।

शनिबार राति मोटरसाइकल गस्तीमा गएका बेला असई विक र जवान रामबबहादुर साउद तस्कर समूहको निशानामा परेको जनाइएको छ ।

विकको शव मोहना नदीमा भेटिएको थियो भने जवान साउ सम्पर्कविहीन भएका थिए । सम्पर्कविहीन भएका उनको शव चार दिनपछि मंगलबार सोही ठाउँमा भेटिएको छ ।

advertisement

घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?