advertisement

‘कोरोना उपचार खर्च आफैं बेहोर! बेहोस भए मात्रै अस्पताल जाऊ! बेरोजगार श्रमिक रुँदै गाउँ फर्क! भारतबाट फर्केका श्रमिक भोकै परेपछि दसैंको मुखमा भारततिरै फर्क! महिनौंदेखि स्कुल-कलेज बन्द भएर अलपत्र परेका विद्यार्थी जेसुकै गर! आसेपासेहरू कमिसन/भत्ता डकार,’ ट्विटरमा भट्टराईले प्रश्न गरेका छन्, ‘यस्तो सरकार किन चाहियो?’

" /> डा.भट्टराईको प्रश्न : यस्तो सरकार किन चाहियो ? - Sarbocha Media

डा.भट्टराईको प्रश्न : यस्तो सरकार किन चाहियो ?

`

     २०७७ कार्तिक ०३ गते ८:५१

काठमाडौँ, ३ कात्तिक । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार नागरिकको समस्या सम्बोधन गर्न असक्षम रहेको आरोप लगाउँदै यस्तो सरकार किन चाहियो भनेर प्रश्न उठाएका छन्।

कोरोनाको उपचार खर्चसमेत नागरिक आफैंले बेहोर्न भन्ने ओली सरकारको कुनै औचित्य नभएको दाबी गर्दै जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा.भट्टराईले सोमबार सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन्।

advertisement

‘कोरोना उपचार खर्च आफैं बेहोर! बेहोस भए मात्रै अस्पताल जाऊ! बेरोजगार श्रमिक रुँदै गाउँ फर्क! भारतबाट फर्केका श्रमिक भोकै परेपछि दसैंको मुखमा भारततिरै फर्क! महिनौंदेखि स्कुल-कलेज बन्द भएर अलपत्र परेका विद्यार्थी जेसुकै गर! आसेपासेहरू कमिसन/भत्ता डकार,’ ट्विटरमा भट्टराईले प्रश्न गरेका छन्, ‘यस्तो सरकार किन चाहियो?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?