मोरङ, ३ कात्तिक। विराटनगरमा कोरोना संक्रमणको कारण अस्पताल सन्चालकसहित थप चार जनाको ज्यान गएको छ।

कोरोनाबाट नोबेल मेडिकल कलेजमा दुई जना, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगर र न्यूरो अस्पतालको कोभिड–१९ अस्पतालमा एक–एक जनाको मृत्यु भएको हो ।
मृतकमध्ये एकजना अस्पताल सञ्चालक हुन् ।




