काठमाडौं, २ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर थप २हजार ९४२ सय जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अद्यावधिकसम्बन्धी नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जनाएअनुसार आज देशभर २३ सय २६ सय संक्रमित कोरोनामुक्त भएका छन्। योसँगै हालसम्म कोरोनामुक्त हुनेहरूको कुल संख्या ९२ हजार १६६ पुगेका छन। कोरोना मुक्त हुनेहरूको दर ६९ प्रतिशत दशमलव ७ छ।
नेपालमा हाल ३९ हजार ३४१ जना सक्रिय संक्रमित रहेका छन्। आज १२ हजार ९३३ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २६ हजार ४०८ जना होम आइसोलेसनमा छन्। क्वारेन्टाइन ४ हजार ८ सय ३१ जना छन्।
पछिल्लो २४ घण्टामा १४ हजार ८७५ जनको पिसिआर परीक्षण गरिएको पनि प्रवक्ता गौतमले जानकारी दिनु भयो।




