काठमाडौं, २ कात्तिक । हुम्लाको मिचिएको भनिएको भूभाग चीनको नै पर्ने दावी गरिएको छ ।
बुराङ काउन्टीका अधिकारीले उक्त क्षेत्र चीनको दक्षिण–पश्चिमी तिब्बत स्वायत्तको बुराङ काउन्टीमा नयाँ बनाइएको अली क्षेत्रको गाउँ भएको गत शुक्रबार एक विशेष अन्तर्वार्तामा ग्लोबल टाइम्सलाई बताएका छन् ।
मे महिनामा निर्माण कार्य प्रारम्भ हुँदा सैनिक तथा स्थानीय प्रशासन कर्मचारीले सर्वेक्षण गरेको भन्दै नापी नक्सा कर्मचारीहरुले बनाइनुपर्ने भवनहरु चीनतिरै पर्नेगरी स्थलगत विस्तृत नापजाँच गरेको जनाइएको छ ।

त्यो गाउँ पुरै चीनतिर पर्दछ र सीमासँग सबैभन्दा नजिकको घर नेपाल–चीन सीमादेखि एक किमी टाढा रहेको बाकीको भनाइ छ । गाउँ निर्माणको कार्य सम्पन्न हुन लागेको समेत उनले जानकारी दिएका छन् ।




