advertisement

राति ब्रेक फेल भएर स्कोरपिओ दुर्घटना भएको हुन सक्ने अनुमान लगाइएको छ। गाडी सडकबाट करिब एक किलोमिटर मिटर तल खसेको छ।

" /> उदयपुरमा स्कारपिओ दुर्घटना हुँदा पाँचको घटनास्थलमा नै मृत्यु, तीन गम्भीर घाइते - Sarbocha Media

उदयपुरमा स्कारपिओ दुर्घटना हुँदा पाँचको घटनास्थलमा नै मृत्यु, तीन गम्भीर घाइते

`

     २०७७ कार्तिक ०२ गते २:०१

उदयपुर, २ कात्तिक । उदयपुरमा स्कारपिओ दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन्।

शनिबार राती कटारी नगरपालिका–१४ भदौरे भीरमा शनिबार राती स्कारपिओ दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमा नै ज्यान गएको हो । त्यस्तै दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका हुन्।

भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.२०.प.७१७१ नम्बरको स्कारपियो राती १२ बजे सिद्दिचरण लोकमार्गमा दुर्घटना भएको बताइएको छ । दुर्घटनामा मृत्यु भएकामध्ये तीन जनाको पहिचान नखुलेको बताइएको छ। उनीहरु सबै जना भारतबाट दसैं मान्नका लागि घरतर्फ आइरहेका थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्की रहेका छन्। पहिचान नखुलेका तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो। अहिले मृतकको शव र दुर्घटनामा परेको गाडी घटनास्थलमै रहेको छ।

दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रुपन्देही त्रिगम्वा नगरपालिका–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन्। उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको छ।

advertisement

राति ब्रेक फेल भएर स्कोरपिओ दुर्घटना भएको हुन सक्ने अनुमान लगाइएको छ। गाडी सडकबाट करिब एक किलोमिटर मिटर तल खसेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?