advertisement

सरकारले आवश्यकताअनुसार भेन्टिलेटर पनि व्यवस्थापन गर्न नसकेको सभापति देउवाले बताए। ‘तुरून्तै सरकारले भेन्टिलेटर, अक्सिजनसहित व्यवस्था हुने आइसोलेसन तयार गरोस्,’ उनले भने, ‘यदी सरकारले यी काम गरेन भने हामी विरोध गर्छौं।’

कोरोना रोकथाम तथा नियन्त्रणमा जति खर्च भए पनि कांग्रेसले निशर्त सहयोग गर्ने बताए पनि सरकारले जनताका पक्षमा काम नगरेको देउवाले बताए।

‘सरकारले जनताको कुनै वास्ता नै गरेको छैन। मरे मरून् भन्ने अवस्थामा पुगेको छ,’ देउवाले भने, ‘सरकारले यस्ता महामारीमा सबैभन्दा धेरै काम गर्नुपर्ने हो। तर सरकारले जनताको मतलव नै गरेन।’

ncell in
सरकारले कोरोना नियन्त्रण र भष्टाचार रोक्ने कदम नचाले दसैंलगत्तै आन्दोलनमा उत्रने पनि देउवाले चेतावनी दिएका छन्।

‘सेनिटाइजरदेखि मास्कसम्म भ्रष्टाचार भएको छ। यति भ्रष्टाचार त अहिलेसम्म सुनेकै थिएन,’ देउवाले भने, ‘कोरोनाका नाममा धेरै भ्रष्टाचार भइरहेको छ। महामारीका बेला आन्दोलन नगर्ने कि भनेको जनताका पक्षमा सरकारले काम गरेन।’

उनले संसद बैठक डाक्न पनि पार्टीले माग गर्ने बताए।

‘यो गैरजिम्मेवार र संवेदनशीलहीन सरकार हो। मान्छेको जीवनमा हेलचक्राइँ गरेको छ। मानिसको जीवन बचाउन हरसंभव प्रयास गर्नुपर्नेमा त्यसो भएन,’ उनले भने, ‘संसदमा अब हंगामा गर्नुपर्छ। दसैंलगत्तै आन्दोलन गर्नुपर्छ।’

सरकारलाई जनताका पक्षमा काम गर्न बाध्य बनाइछाड्ने देउवाले बताए।

" /> सरकारले जनताको जीवनमा खेलवाड गरिरहेकाे छ : देउवा - Sarbocha Media

सरकारले जनताको जीवनमा खेलवाड गरिरहेकाे छ : देउवा

`

     २०७७ आश्विन ३० गते १२:२०

काठमाडाैं, ३० असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना नियन्त्रण तथा रोकथाममा सरकारले हेलचक्राइँ गरेको बताएका छन्। गरिब जनतालाई नि:शुल्क पिसिआरसमेत नगरेर सरकारले जनताको जीवनमा खेलवाड गरेको आरोप देउवाको छ।

पछिल्लो समय काठमाडौंमै कोरोना भयावह हुने अवस्थामा पुगे पनि सरकारले आइसोलेसनहरू व्यवस्थापन गर्न नसकेको देउवाले बताए। अक्सिजनसहित व्यवस्था भएको कम्तिमा एक हजार बेडका आइसोलेसन काठमाडौं र सातै प्रदेशमा तयार राख्नुपर्नेमा सरकारले कामै नगरेको देउवाको आरोप छ।

‘अक्सिजनसहित व्यवस्था गरी आइसोलेसन तयार गर्ने काम सरकारको हो। तर सरकारले काम नै गरेको छैन,’ सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा पार्टीले बनाएको कोरोना अनुगमन समितिको प्रतिवेदन बुझेपछि शुक्रबार देउवाले भने, ‘काठमाडौंमा धेरै आइसोलेसन बनाउनुपर्छ। स्थिति भयावह भइसकेको छ। आइसोलेसन बेडको हाहाकार भइरहेको छ।’

advertisement

सरकारले आवश्यकताअनुसार भेन्टिलेटर पनि व्यवस्थापन गर्न नसकेको सभापति देउवाले बताए। ‘तुरून्तै सरकारले भेन्टिलेटर, अक्सिजनसहित व्यवस्था हुने आइसोलेसन तयार गरोस्,’ उनले भने, ‘यदी सरकारले यी काम गरेन भने हामी विरोध गर्छौं।’

कोरोना रोकथाम तथा नियन्त्रणमा जति खर्च भए पनि कांग्रेसले निशर्त सहयोग गर्ने बताए पनि सरकारले जनताका पक्षमा काम नगरेको देउवाले बताए।

‘सरकारले जनताको कुनै वास्ता नै गरेको छैन। मरे मरून् भन्ने अवस्थामा पुगेको छ,’ देउवाले भने, ‘सरकारले यस्ता महामारीमा सबैभन्दा धेरै काम गर्नुपर्ने हो। तर सरकारले जनताको मतलव नै गरेन।’

ncell in
सरकारले कोरोना नियन्त्रण र भष्टाचार रोक्ने कदम नचाले दसैंलगत्तै आन्दोलनमा उत्रने पनि देउवाले चेतावनी दिएका छन्।

‘सेनिटाइजरदेखि मास्कसम्म भ्रष्टाचार भएको छ। यति भ्रष्टाचार त अहिलेसम्म सुनेकै थिएन,’ देउवाले भने, ‘कोरोनाका नाममा धेरै भ्रष्टाचार भइरहेको छ। महामारीका बेला आन्दोलन नगर्ने कि भनेको जनताका पक्षमा सरकारले काम गरेन।’

उनले संसद बैठक डाक्न पनि पार्टीले माग गर्ने बताए।

‘यो गैरजिम्मेवार र संवेदनशीलहीन सरकार हो। मान्छेको जीवनमा हेलचक्राइँ गरेको छ। मानिसको जीवन बचाउन हरसंभव प्रयास गर्नुपर्नेमा त्यसो भएन,’ उनले भने, ‘संसदमा अब हंगामा गर्नुपर्छ। दसैंलगत्तै आन्दोलन गर्नुपर्छ।’

सरकारलाई जनताका पक्षमा काम गर्न बाध्य बनाइछाड्ने देउवाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?