बुटवल, २८ असोज । नवलपरासी पश्चिमका एकजना कोरोनाबाट कोरोना विशेष अस्पताल बुटवलमा बुधबार बिहान मृत्यु भएको छ ।
मृतक सुनवल नगरपालिका–४ का ७७ वर्षीय पुरुष रहेका छन् । श्वास प्रश्वासमा समस्या आएपछि असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका उनको असोज २७ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।
कोरोना पुष्टि भएपछि बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयूमा राखेर उपचार थालिएको थियो ।




