advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट सांसदहरूसँग मिलेर मुख्यमन्त्री शाहीविरुद्ध विवादं गरेपछि पार्टी अध्यक्ष प्रचण्डले कडा आपत्ति जनाएका थिए । अरू प्रदेशमा पनि सल्कने चेतावनी दिएका थिए । त्यसपछि नेता नेपालले जाजरकोटबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य नीरज आचार्यलाई सोमबार बिहान ९ बजे नै जहाजबाट सुर्खेत उतारेका थिए ।

आचार्यले हस्ताक्षरकर्ता नेता नेपाल पक्षधर सांसदहरूलाई कन्भिन्स गराएको र केन्द्रबाट नेता नेपालले बारम्बार आग्रह गरेपछि उनीहरू पछि हट्न तयार भएको स्रोतको दाबी छ । आफूविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव आएपछि मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाफजङ शाहलाई बर्खास्त गरेका थिए र, उनको ठाउँमा सचेतक सीता नेपाली ल्याएका थिए ।

निलम्बित शाहले आज दिउँसो १ बजे बैठक बोलाएका थिए । तर, बैठक बस्ने सम्भावना नरहेको एक सदस्यले बताए । प्रधानमन्त्रीनिकट तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि समस्या नचर्काउन अपिल गरिसकेका छन् ।

बैठक बस्ने सम्भावना न्यून रहेको छ । प्रस्ताव आजै फिर्ता लिने सम्भावना पनि छ । नेपाल पक्षका सांसद कोही उपस्थित हुँदैनन् । उता (ओली पक्ष) का ८ जना सांसद् उपस्थित भएमात्रै हो ।

ओली पक्षका प्रदेश सहइन्चार्ज यामलाल कँडेलसहित ८, नेता नेपाल पक्षका ७ र पूर्वमाओवादी केन्द्र समूहका ३ जना नेताले मुख्यमन्त्री शाहीविरुद्ध हस्ताक्षर गरेका थिए । अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

" /> मुख्यमन्त्री हटाउने तयारीबाट नेपाल समूह पछि हट्यो - Sarbocha Media

मुख्यमन्त्री हटाउने तयारीबाट नेपाल समूह पछि हट्यो

`

     २०७७ आश्विन २७ गते ८:३१

काठमाडौं, २७ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउने तयारीबाट माधव नेपाल समूह पछि सरेका छन् । माधव नेपालसमूहका सातजना नेताले मुख्यमन्त्री शाही हटाउन अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । ती सबैलाई हस्ताक्षर फिर्ता लिन सहमत गराइसकिएको नेपालनिकट एक नेताले जानकारी दिए ।

 

advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट सांसदहरूसँग मिलेर मुख्यमन्त्री शाहीविरुद्ध विवादं गरेपछि पार्टी अध्यक्ष प्रचण्डले कडा आपत्ति जनाएका थिए । अरू प्रदेशमा पनि सल्कने चेतावनी दिएका थिए । त्यसपछि नेता नेपालले जाजरकोटबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य नीरज आचार्यलाई सोमबार बिहान ९ बजे नै जहाजबाट सुर्खेत उतारेका थिए ।

आचार्यले हस्ताक्षरकर्ता नेता नेपाल पक्षधर सांसदहरूलाई कन्भिन्स गराएको र केन्द्रबाट नेता नेपालले बारम्बार आग्रह गरेपछि उनीहरू पछि हट्न तयार भएको स्रोतको दाबी छ । आफूविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव आएपछि मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाफजङ शाहलाई बर्खास्त गरेका थिए र, उनको ठाउँमा सचेतक सीता नेपाली ल्याएका थिए ।

निलम्बित शाहले आज दिउँसो १ बजे बैठक बोलाएका थिए । तर, बैठक बस्ने सम्भावना नरहेको एक सदस्यले बताए । प्रधानमन्त्रीनिकट तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि समस्या नचर्काउन अपिल गरिसकेका छन् ।

बैठक बस्ने सम्भावना न्यून रहेको छ । प्रस्ताव आजै फिर्ता लिने सम्भावना पनि छ । नेपाल पक्षका सांसद कोही उपस्थित हुँदैनन् । उता (ओली पक्ष) का ८ जना सांसद् उपस्थित भएमात्रै हो ।

ओली पक्षका प्रदेश सहइन्चार्ज यामलाल कँडेलसहित ८, नेता नेपाल पक्षका ७ र पूर्वमाओवादी केन्द्र समूहका ३ जना नेताले मुख्यमन्त्री शाहीविरुद्ध हस्ताक्षर गरेका थिए । अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?