advertisement

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीनिकट मानिएका शाहले बोलाएको बैठक अवैधानिक ठहर गर्न उनलाई निलम्बनको पत्र थमाएका हुन् ।

नेपालीले दलको बैठकको मिति तय गरेसँगै नेकपा कर्णाली प्रदेशको आन्तरिक राजनीति खल्बलिन सुरु गरेका छन् । साथै भर्खरै साम्य भएको केन्द्रीय विवाद पनि बल्झने खतरा बढेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालले अरू प्रदेश (प्रदेश नम्बर १, वागमती) मा पनि सल्कने खतरा औंल्याइसकेका छन् । आफूनिकट सांसदहरूले नै शाही हटाउन अविश्वासको प्रस्ताव दर्ता गरेपछि वरिष्ठ नेता माधव नेपालले रोक्न आग्रह गरिसकेका छन् । विवादले उग्र रूप लिन थालेको त्यहाँका प्रदेश सांसदहरूले बताएका छन् ।

" /> नेकपा कर्णाली बिद्रोह : नयाँ सचेतकले बोलाइन् कात्तिक ७ गते बैठक - Sarbocha Media

नेकपा कर्णाली बिद्रोह : नयाँ सचेतकले बोलाइन् कात्तिक ७ गते बैठक

`

     २०७७ आश्विन २६ गते १:०२

काठमाडौं, २६ असोज । नेकपा कर्णाली प्रदेशको संसदीय दलको विवाद उत्कर्षमा पुगेको छ । संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार नियुक्त गरेका मुख्य सचेतक सीता नेपालीले कात्तिक ७ गते बैठक बोलाएकी छिन्। यो भन्दापहिले निलम्बन गरिएका गुलाफजङ शाहले मङ्गलबारका लागि बैठक तयार गरेका थिए ।

 

advertisement

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीनिकट मानिएका शाहले बोलाएको बैठक अवैधानिक ठहर गर्न उनलाई निलम्बनको पत्र थमाएका हुन् ।

नेपालीले दलको बैठकको मिति तय गरेसँगै नेकपा कर्णाली प्रदेशको आन्तरिक राजनीति खल्बलिन सुरु गरेका छन् । साथै भर्खरै साम्य भएको केन्द्रीय विवाद पनि बल्झने खतरा बढेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालले अरू प्रदेश (प्रदेश नम्बर १, वागमती) मा पनि सल्कने खतरा औंल्याइसकेका छन् । आफूनिकट सांसदहरूले नै शाही हटाउन अविश्वासको प्रस्ताव दर्ता गरेपछि वरिष्ठ नेता माधव नेपालले रोक्न आग्रह गरिसकेका छन् । विवादले उग्र रूप लिन थालेको त्यहाँका प्रदेश सांसदहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?