advertisement

शनिबार राति नोबेल मेडिकल कलेजमा मृत्यु हुनेमा सुनसरीको दुहवी नगरपालिका–३ की ४० वर्षीया महिलाको राति ११ बजे मृत्यु भएको हो ।कलेजका प्रबन्धक नारायण दाहालका अनुसार महिलालाई २० असोजमा नोबेलमा भर्ना गरिएको थियो । स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा २१ असोजमा रिपोर्ट पोजेटिभ आएको थियो ।

 

नोबेलमै उपचाररत सुनसरी हरिनगर–४ का ७१ वर्षीय वृद्ध पुरुषको पनि राति १०ः१५ बजे मृत्यु भएको थियो । श्वासप्रश्वासमा समस्या भएका उनलाई उपचारका लागि असोज २१ गते अस्पताल भर्ना गरिएको थियो ।

 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप तीन जना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–८ की ६२ वर्षीया वृद्धाको शनिबार राति ८ बजे, सनुसरीको दुहवीका ६५ वर्षीय वृद्धको आइतबार बिहान ३ः५० बजे र धनकुटाकी ६१ वर्षीया वृद्धा महिलाको पनि आइतबार बिहान ६ः४० बजे मृत्यु हो।

 

शनिबार दिउँसो विराट मेडिकल कलेजमा इटहरी उपमहानगरपालिका–५ की ६४ वर्षीया महिलाको मृत्यु भएको थियो । शनिबार विहान न्यूरो अस्पतालमा पथरी शनिश्चरे नगरपालिका–६ की ९२ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

" /> बिराटनगर र धरानमा एकैदिनमा ५ जना संक्रमितको मृत्यु - Sarbocha Media

बिराटनगर र धरानमा एकैदिनमा ५ जना संक्रमितको मृत्यु

`

     २०७७ आश्विन २५ गते ११:३२

बिराटनगर, २५ असोज । कोरोना संक्रमणका कारण बिराटनगर र धरानमा एकै दिन पाँच जनाको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज बिराटनगरमा दुई र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जनाको मृत्यु भएको छ ।

 

advertisement

शनिबार राति नोबेल मेडिकल कलेजमा मृत्यु हुनेमा सुनसरीको दुहवी नगरपालिका–३ की ४० वर्षीया महिलाको राति ११ बजे मृत्यु भएको हो ।कलेजका प्रबन्धक नारायण दाहालका अनुसार महिलालाई २० असोजमा नोबेलमा भर्ना गरिएको थियो । स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा २१ असोजमा रिपोर्ट पोजेटिभ आएको थियो ।

 

नोबेलमै उपचाररत सुनसरी हरिनगर–४ का ७१ वर्षीय वृद्ध पुरुषको पनि राति १०ः१५ बजे मृत्यु भएको थियो । श्वासप्रश्वासमा समस्या भएका उनलाई उपचारका लागि असोज २१ गते अस्पताल भर्ना गरिएको थियो ।

 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप तीन जना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–८ की ६२ वर्षीया वृद्धाको शनिबार राति ८ बजे, सनुसरीको दुहवीका ६५ वर्षीय वृद्धको आइतबार बिहान ३ः५० बजे र धनकुटाकी ६१ वर्षीया वृद्धा महिलाको पनि आइतबार बिहान ६ः४० बजे मृत्यु हो।

 

शनिबार दिउँसो विराट मेडिकल कलेजमा इटहरी उपमहानगरपालिका–५ की ६४ वर्षीया महिलाको मृत्यु भएको थियो । शनिबार विहान न्यूरो अस्पतालमा पथरी शनिश्चरे नगरपालिका–६ की ९२ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?